after_navbar

माओवादीले मौजुदा केन्द्रीय समिति विघटन गर्ने


असोज ०५, २०८२


काठमाडौँ, ५ असोज ।  नेकपा माओवादी केन्द्रले मौजुदा केन्द्रीय समिति विघटन गर्ने भएको छ। माओवादी केन्द्रको पदाधिकारी बैठकले मौजुदा केन्द्रीय समितिले विघटन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको हो।

ad

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार दिउँसो बसेको बैठकले उक्त निर्णय गरेको हो।

माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान परिस्थितीबारे विस्तार गरेको जानकारी गराए।

उनले भने “मौजुदा केन्द्रीय समिति विघटन गरी अध्यक्ष कमरेड प्रचण्डको संयोजकत्वमा आयोजक समिति बनाएर महाधिवेशनमा जाने प्रस्ताव केन्द्रीय समितिमा लैजाने।नेतृत्वको हस्तान्तरणबारे विचार, विधि र प्रक्रियाको बारेमा प्रारम्भिक छलफल भयो ।”

उनले बैठकमा तोकिएको मिति फागुन २१ मा प्रतिनिधि सभा सदस्यको निर्वाचन हुनुपर्ने विषयमा जोड दिइएको धारणा राखे ।

उनका अनुसार माओवादी केन्द्रको स्थायी समितिको बैठक असोज ८ गते र केन्द्रीय समितिको बैठक असोज ९ गते बस्ने निर्णय भएको छ ।

बैठकले आगामी कार्याक्रमबारे विस्तृत छलफल गर्दै देशभक्त, लोकतान्त्रिक परिवर्तनका पक्षधर तथा अग्रगमनका पक्षधर सबैलाई एकताबद्ध भएर अगाडि बढ्न अपिल गर्ने निर्णय गरेको उनको भनाइ छ।  

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="