काठमाडौं,६ असोज । पर्सामा सशस्त्र प्रहरीले ठूलो परिमाणको लागूऔषध चरेस बरामद गरेको छ।
पोखरिया नगरपालिका–७ जगतपुर गाउँमा रहेको बाख्रा राख्ने छाप्रोभित्र कालो झोलामा लुकाइ राखिएको अवस्थामा १९ किलो १२६ ग्राम चरेस फेला परेको प्रहरीले जनाएको छ।
विओपी प्रसौनी भठ्ठाबाट सहायक प्रहरी निरीक्षक चेतन बाह्रकोटीको नेतृत्वमा गएको टोलीले उक्त चरेस बरामद गरेको हो। बरामद सामग्री इलाका प्रहरी कार्यालय पोखरियामा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस