after_navbar

मन्त्री पाउने विषयमा विवाद, केही शपथ एक घण्टा ढिला


असोज ०६, २०८२


काठमाडौं,६ असोज । अन्तरिम सरकारले केही मन्त्रीहरूको शपथ कार्यक्रम एक घण्टा सरेको छ। तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री पाउने विषय भने अझै अनिश्चित छ। पूर्वअतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको विषयमा विवाद बढेपछि निर्णय ‘होल्ड’ गरिएको छ।

ad

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरू भने निर्धारित समय अनुसार साँझ ३ बजे शपथ लिने कार्यक्रममा छन्।

कार्कीले आइतबार सिफारिस गरेका मन्त्रीहरूमा पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, र पत्रकार जगदिश खरेल समावेश छन्।

स्वास्थ्य मन्त्रालयको मन्त्रीमा सिफारिस भएकी मिश्राको अख्तियारमा उजुरी परेको, सचिव नबन्दा ६ महिना विदामा बसेको, र अनुभव प्रमाणपत्र असत्य भएको जस्ता विवाद सतहमा आएपछि उनको नियुक्ति ‘होल्ड’ गरिएको हो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="