after_navbar

कार्की नेतृत्वको मन्त्रिमण्डलमा चार मन्त्री थपिए


असोज ०६, २०८२


काठमाडौं,६ असोज । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डलमा चार नयाँ मन्त्री थप्दै विस्तार गरेकी छन्। यससँगै कार्की नेतृत्वमा मन्त्रिमण्डल ८ सदस्यीय बनेको छ।

ad

नवनियुक्त मन्त्रीहरूले सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रधानमन्त्री कार्कीले अनिलकुमार सिन्हालाई उद्योग, वाणिज्य, आपूर्ति, कानुन, न्याय तथा संसदीय मन्त्रालय र भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महावीर पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि, मदन परियारलाई कृषि, जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियुक्त गरेकी छन्। स्वास्थ्य मन्त्रीका लागि सुरुमा संगीता कौशल मिश्रको नाम सिफारिस भए पनि पछि उनलाई हटाइएको थियो।

यसअघि गृह मन्त्रालयमा ओमप्रकाश अर्याल, अर्थ मन्त्रालयमा रामेश्वर खनाल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङ नियुक्त भइसकेका थिए।

प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति पौडेलले भदौ २७ गते प्रधानमन्त्री नियुक्त गरेका थिए र सोही दिन प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="