काठमाडौं,७ असोज । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भित्रिने भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ।
भन्सार महसुल ऐन, २०८१ को अनुसूची–५ अनुसार महेन्द्रनगर बजारसम्म मात्र आउने–जाने अनुमति दिने गरी यो व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।
उनका अनुसार यस प्रणालीले सीमा नाका हुँदै भित्रिने भारतीय सवारीसाधनको अभिलेख राख्न तथा गतिविधि अनुगमन गर्न सहज हुने छ।
“अब सीमा नाकाबाट प्रवेश गर्ने गाडीलाई निश्चित समय तोकेर पठाइनेछ। तोकिएको समयभित्र नफर्केमा ती गाडी नियन्त्रणमा लिएर कारबाही गरिनेछ,” बोहराले भने।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस