काठमाडौं,७ असोज । पोखरीमा डुबेर सप्तरीमा दुई बालिकाको मृत्यु भएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुब्दा मंगलबार दुई बालिकाको मृत्यु भएको हो ।
स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरी नुहाउने क्रममा पोखरीमा डुबेका थिए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार, घटनाबारे स्थानीयले जानकारी दिएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरूको शव निकालिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस