जुम्ला,७ असोज । भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ मध्ये ३० जना कैदी फर्किएका छन् भने ११ जना अझै फरार रहेका छन्। फर्किएकामध्ये ५ जनालाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो।
जिल्ला प्रहरी कार्यालयका डीएसपी रविनबाबु रेग्मीका अनुसार सुरुवाती चरणमा कैदीलाई सहजै फर्किन आग्रह गरिएको भए पनि अब प्रहरी कडाइपूर्वक खोजीमा लागेको छ। फरारकै हुलिया सबै चौकीमा पठाइएको र समयमै नफर्किए नियन्त्रणमा लिएर ल्याइने चेतावनी दिइएको उनले बताए।
उनका अनुसार लामो सजाय भुक्तान गर्नुपर्ने अधिकांश कैदी फर्किसकेका छन् भने कम सजाय पाएका कैदी अझै नआएको पाइएको छ। प्रहरी प्रशासनले कैदी फर्काइदिन परिवार, वडा कार्यालय र स्थानीय सरकारसँग सहयोग मागेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस