काठमाडौं,८ असोज । मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरो पन्छाउन बुधबार दिनभर लाग्ने भएको छ। मंगलबार दिउँसो ४ः५० बजे चितवनको इच्छाकामना–५ तुइन खोलाको पुल नजिकै ठूलो पहाड खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले बुधबार बिहान सार्वजनिक गरेको सूचनामा पहिरो पन्छाउन दिनभर समय लाग्ने भएकाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ।
तुइन खोलामा पछिल्लो एक सातादेखि पटक–पटक पहाड खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यसले दशैँ मनाउन घर फर्किरहेका हजारौं यात्रुलाई बाटोमै अलपत्र पारेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस