after_navbar

घरको छतबाट खस्दा पुरुषको मृत्यु


असोज ०८, २०८२


विराटनगर,८ असोज । विराटनगर महानगरपालिका–११ मा एक पुरुषको आफ्नै घरको छतबाट खस्दा मृत्यु भएको छ।

ad

५६ वर्षीय राजेन्द्रप्रसाद पौडेल मंगलबार राति करिब ११:४५ बजे तीनतले घरको छतबाट खसेका थिए।

गम्भीर अवस्थामा फेला परेका उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम लगिएको थियो। तर, चिकित्सकले उनलाई अस्पताल पुर्‍याएपछि मृत घोषित गरेका थिए।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पौडेल कसरी खसे भन्ने विषयमा अझै यकिन भइसकेको छैन। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। पौडेलको शव हाल विराट नर्सिङ होममै राखिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="