after_navbar

चट्याङ लागेर चार वर्षीय बालिकाको मृत्यु:दम्पत्ति घाइते


असोज ०, २०८२


गुल्मी,९ असोज । चट्याङ लागेर गुल्मिमा चारवर्षीय बालिकाको मृत्यु भएको छ।जिल्लाको मदाने गाउँपालिका–५ झ्यानपानीमा गएराति परेको चट्याङका कारण चार वर्षीया रियासा विकको घटनास्थलमै मृत्यु भएको हो। बालिकाको बुबा नेरसिंह विक र आमा सुन्तली विक भने घाइते भएका छन्।

ad

जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारूका अनुसार, राति करिब दुई बजे घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेको थियो। नेरसिंहको छाती र पेटमा नीलडाम देखिएको छ भने सुन्तलीको पेट र दायाँ खुट्टामा चोट लागेको छ।

घाइते दम्पत्तिलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको भए पनि त्यहाँ उपचार सम्भव नभएपछि जिल्ला अस्पताल प्युठान पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="