काठमाडौ,१० असोज । जेनजी आन्दोलनका क्रममा कारागार र सुधारगृहबाट भागेका कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना फर्किएका छन्। कारागार व्यवस्थापन विभागका अनुसार फर्किएकामध्ये सात हजार ७१३ जना कारागारका र ३४१ जना सुधारगृहका कैदीबन्दी छन्।
विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार केही कैदी आफैं कारागारमा फर्किएका हुन् भने केहीलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो। तर, अझै छ हजार ४९४ जना कैदी फरार रहेका छन्। फरारमध्ये पाँच हजार ८७२ जना कारागारबाट र ६२२ जना सुधारगृहबाट भागेका हुन्। उनीहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ।
गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका २८ वटा कारागार र ९ वटा सुधारगृहबाट १३ हजार ५८५ कैदी र ९६४ सुधारगृहका कैदीसहित १४ हजार ५४९ जना भागेका थिए। यसबीचमा १० कैदीको मृत्यु भएको छ।
देशभर कूल ३० हजार ६४६ कैदीबन्दीमध्ये हाल २३ हजार ४४६ जना मात्र कारागार तथा सुधारगृहमा रहेका विभागले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस