दाङ,१२ असोज । राप्ती राजमार्ग अन्तर्गत श्रीनगर तुलसीपुर सडक खण्डको कपुरको ३ चोरखोलामा हाइस गाडि दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा तीनजनाको घटनास्थलमा मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएको सल्यान प्रहरीले जनाएको छ।
रूकुमबाट दाङतर्फ जादै गरेको लु २ ख ६५०२ नम्बरको हाइस गाडी सल्यानको कपुरकोट- ३ चोरखोला नजिकै दुर्घटनामा परेको हो।
हाइस सडकबाट करिब ३/४ सय मिटर तल खसेको र ३ जनाको ज्यान गएको सल्यान प्रहरीले जनाएको छ। मृतकहरूको सनाखत हुन सकेको छैन भने घाइतेहरूको उपचारका लागि दाङको राप्ती प्रादेशिक अस्पतालमा पुर्याइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस