after_navbar

छैठौँ अधिवेशनका गतिविधि सार्वजनिक


असोज १२, २०८२



काठमाडौँ, १२ असोज । संसद् सचिवालयले संघीय संसदको गतिविधि सार्वजनिक गरेको छ । सचिवालयले प्रतिनिधिसभाको छैठौं अधिवेशनका गतिविधि सावर्जनिक गरेको हो । हालै सार्वजनिक गरेको विवरणमा १२ वटा बुँदामा अधिवेशनका गतिविधि समेटिएका छन् ।

ad

प्रतिनिधिसभाको छैटौं अधिवेशन २०८२ साल वैशाख १२ गते शुक्रबार प्रारम्भ भई २०८२ साल भदौ २७ गते शुक्रबारसम्म रह्यो । यस अवधिमा १४१ दिन अधिवेशन चालु रह्यो । जसमध्ये ५९ दिनमा ६१ पटक बैठक बसेका थिए ।

यही भदौ २३ र २४ गते जेनजीको प्रदर्शन भएको थियो । प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले राजीनामा दिए । प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने अवस्था बनेन् । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेका छन् ।

यो सन्दर्भमा संसद् सचिवालयले प्रतिनिधिसभाको कामकारबाहीको विवरण सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="