काठमाडौँ ,३० असोज । निर्वाचन आयोगले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ।
आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने र गत निर्वाचनमा कम्तीमा एक वडा सदस्य जितेका राजनीतिक दलहरूलाई छलफलका लागि पत्राचार गरेको थियो।
छलफलमा नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेकपा (एमाले) का उपाध्यक्ष गुरु बराल, नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव कविन्द्र बुर्लाकोटी, नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत दलका प्रतिनिधिहरू सहभागी थिए।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भइसकेकाले राजनीतिक दलहरूले वातावरण निर्माणमा सक्रिय भूमिका खेल्न आग्रह गरे।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भई प्रतिनिधिसभा विघटन भएको र फागुन २१ गते निर्वाचन मिति तोकिएको थियो।
प्रतिक्रिया दिनुहोस