after_navbar

लेक लागेर एकजनाको मृत्यु


कार्तिक ०, २०८२



मनाङ,८ कार्तिक । पर्यटकको सामग्री बोकेर फर्कने क्रममा लेक लागेर एकजनाको मृत्यु भएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका–४, काङला फेदी क्षेत्रमा शनिबार उनको मृत्यु भएको हो । मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार मृत्यु हुनेमा लमजुङ क्व्होलासोथर गाउँपालिका–४, भुजुङका ४८ वर्षीय डिलबहादुर गुरुङ रहेका छन् ।

ad

काङला फेदी (करिब ४,५००) बाट पर्यटकको सामान बोकेर फर्कने क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर उनी बेहोस भएका थिए ।

घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक अर्जुन बस्नेतको कमाण्डमा २ जनाको टोली एयर डाइनेस्टीको हेलिकोप्टरमार्फत उद्धार गरी गुरुङलाई प्रहरी सहायक हवल्दार कृष्ण कामीको साथमा उपचारका लागि पोखरा मणिपाल शिक्षण अस्पताल पठाइएको थियो । डिलबहादुरको उपचारका क्रममा मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

अस्पतालमा बिहानचिकित्सकले उनको मृत्यु पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय मनाङका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बस्नेतले दिए ।

मृतकका भाइ केशबहादुर गुरुङले प्रहरीलाई बताएअनुसार शनिबार बिहान करिब ६ बजे नै डिलबहादुरलाई लेक लागेको थियो ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="