चितवन,८ कार्तिक । जेनजी आन्दोलनका क्रममा गत भदौ २५ गते मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका एक कैदीको पूर्वी नवलपरासीको गैंडाकोटमा हत्या भएको पुष्टि भएको छ।
गैंडाकोट नगरपालिका–१ इँटाभट्टा नजिक कात्तिक ६ गते राति कालिका नगरपालिका–४ पदमपुर निवासी २८ वर्षीय नारायण कुमाललाई स्थानीय युवाहरूको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी मधु नेपालले जानकारी दिए।
प्रहरीका अनुसार हत्यामा संलग्न भएको आशंकामा पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। घटनाका प्रत्यक्षदर्शीका भनाइअनुसार, करिब १४र१५ जनाको समूहले कुमालमाथि घाँटी र हातमा धारिलो हतियार प्रहार गरेका थिए।
जेलर सुवास पौडेलका अनुसार मृतक कुमाल जर्बजस्ती करणीको मुद्दामा अदालतबाट १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवाना सजाय पाएका थिए। उनी २०७४ साउन ३ गते पक्राउ परेका र २०८४ मा छुट्ने क्रममा रहेका थिए।
गत भदौ २५ गते जेनजी आन्दोलनकै क्रममा भीमफेदी कारागारबाट फरार भएका कुमाललाई कारागार प्रशासनले पटक–पटक उपस्थित हुन आग्रह गरे पनि उनी सम्पर्कमा आएका थिएनन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस