after_navbar

फेवातालमा डुबेका तीनजनाको उद्धार


कार्तिक १७, २०८२


कास्की, १६ कार्तिक। फेवातालमा डुबेका तीनजनाको उद्धार गरिएको छ । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाइड स्थित फेवातालमा आइतबार डुङ्गा पल्टिँदा डुबेका उनीहरुको उद्धार गरिएको हो ।

ad

अचानक डुङ्गा पल्टिँदा सोही डुङ्गामा सवार चालक आमबोटघाट बस्ने४० वर्षीय महेश सुनार , रुपन्देही घर भएका ४९ वर्षका सोमबहादुर तामाङ र ४४ वर्षीय लालमान थारु फेवातालमा डुबेका थिए।

घटनाको जानकारी पाएलगत्तै नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट फेवा रेस्क्यु टावरको संयुक्त विपद् उद्धार टोली खटिएको थियो। सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा कार्यरत टोलीले मोटरबोटको सहयोगमा सबै डुबेका व्यक्तिहरूलाई सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="