after_navbar

एमाले महाधिवेशन: ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने


कार्तिक १८, २०८२


काठमाडौ,१७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०को आगामी ११औं राष्ट्रिय महाधिवेशन काठमाडौमा हुने तय भएको छ । महाधिवेशनमा ४० वर्षमुनिका युवालाई पनि प्रतिनिधिका रूपमा सहभागी गराइने भएको छ।

देशभरबाट करिब २ हजार १०० जना प्रतिनिधि सहभागी हुने महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट चार जना प्रतिनिधि चयन गरिँदैछ, जसमा एक जना अनिवार्य रूपमा ४० वर्षमुनिका युवा हुने एमालेले जनाएको छ।

एमाले केन्द्रीय सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार, चार प्रतिनिधिमध्ये दुई जना खुला, एक जना महिला र एक जना युवा हुने गरी चयन प्रक्रिया तय गरिएको हो।

पार्टीले एक प्रतिनिधिसभा क्षेत्रमा रहेका एक हजार २०० सदस्य बराबर चार जना प्रतिनिधि सहभागी हुन पाउने व्यवस्था गरेको छ। त्यस्तै, अनेरास्ववियु र युवासंघ नेपालबाट पनि पाँच–पाँच जना ४० वर्षमुनिका युवा प्रतिनिधि सहभागी हुने निश्चित गरिएको अधिकारीले बताए।

उनका अनुसार अन्य संगठन र कमिटीहरूबाट पनि प्रतिस्पर्धा गरेर महाधिवेशनमा सहभागी हुने अवसर खुला रहनेछ। साथै, महाधिवेशनमा कम्तीमा एकतिहाइ महिला प्रतिनिधि सुनिश्चित गरिएको पार्टीले जनाएको छ।

महाधिवेशनका लागि प्रतिनिधि चयन मङ्सिर १३ गते देशभर एकैदिन गरिनेछ भने ११औं राष्ट्रिय महाधिवेशन मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="