after_navbar

१० वर्ष पुराना एम्बुलेन्समा प्रतिबन्ध


मङि्सर ०२, २०८२


काठमाडौ,१ मंसिर । सरकारले एम्बुलेन्स सेवा व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले १० वर्षभन्दा पुराना एम्बुलेन्स सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयले सोमबार सूचना जारी गर्दै, निर्धारित उमेर नाघेका एम्बुलेन्स चलाइएमा सञ्चालन अनुमति खारेज गरिने स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी पूर्ण रूपमा मापदण्ड पूरा गरेका एम्बुलेन्स मात्र भारत आवत–जावत गर्न पाउनेछन्। अन्य एम्बुलेन्सलाई सीमा पार गर्न अनुमति नदिइने निर्णय गरिएको छ।

सूचनामा भनिएको छ, ‘एम्बुलेन्स पैठारीमा राजस्व छुट, सञ्चालन अनुमति, नवीकरण, अनुगमन तथा अनुमति खारेजसम्बन्धी प्रावधानहरू २०८२ को निर्देशिकामा स्पष्ट रूपमा समावेश भएकाले सबै एम्बुलेन्स सञ्चालक, व्यवस्थापन समिति, स्वास्थ्य सेवा प्रदायक तथा सरोकारवालाले यसलाई कडाइका साथ पालना गर्नुपर्नेछ।’

सरकारको यो कदमले विशेषगरी सीमावर्ती क्षेत्रका बासिन्दा तथा आपत्कालीन अवस्थामा भारततर्फ रेफर गरिने बिरामीहरूलाई राहत मिलने अपेक्षा गरिएको छ।

यस्तो छ सूचना :

प्रतिक्रिया दिनुहोस

data-href="