दाङ,२४ मंसिर । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अदालतबाट पक्राउ पुर्जी लिएर उनलाई पक्राउ गरेको हो। नेपाल हाल नवलपरासी पूर्वमा कार्यरत थिए।
प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार डीएसपी नेपालकी पहिलो श्रीमतीको उजुरीका आधारमा प्रहरीले उनीविरुद्ध प्रक्रिया अघि बढाएको हो।
‘बहुविवाहको मुद्दा दर्ता भएपछि उहाँ आफैं हिजो साँझ कार्यालयमा आउनुभएको थियो।पछि उनलाई औपचारिक रूपमा पक्राउ गरी म्याद थप गरिएको हो,’ एसपी क्षेत्रीले बताए।
नेपालमाथि ३ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बहुविवाहसम्बन्धी थप प्रमाण संकलनको काम भइरहेको र नेपालकी दोस्रो श्रीमतीको खोजी भइरहेको एसपी क्षेत्रीले जानकारी दिए।
यसअघि प्रहरी निरीक्षकको पदमा रहेर बुटवलको वडा प्रहरी कार्यालयमा इन्चार्ज हुँदा नेपाल गाँजाको आर्थिक कारोबारमा संलग्न देखिएपछि विभागीय कारबाहीमा परेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस