रोल्पा, २६ मंसिर । रोल्पाको माडी गाउँपालिका–१ पेदिखोलामा एक व्यक्तिले बाटो हिँडिरहेका ६७ वर्षीय मन बहादुर घर्तीलाई धकेल्दा मृत्यु भएको छ। बिहीबार साँझ करिब ५ बजेतिर ५० वर्षीय गणबहादुर बुढाले घर्तीलाई पछाडिबाट धकेल्दा घर्ती बाटोदेखि करिब १० मिटर तल खसेका थिए।
घर्तीलाई नाक, मुख र ढाडमा चोट लागेका कारण उपचारका लागि घर्तिगाउँस्थित स्मृति अस्पताल लगिएको थियो। थप उपचारको लागि उनलाई राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। अस्पतालमा उपचारको क्रममा घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।
घटनामा संलग्न गणबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ र आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस