after_navbar

लुम्बिनीमा कांग्रेस उम्मेदवार सिफारिस : पाँच जिल्लाको बाकी


मङि्सर २, २०८२


दाङ,२८ मंसिर । प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्ने प्रक्रिया लुम्बिनी प्रदेशमा जारी रहेको छ। पार्टीको निर्देशनअनुसार क्षेत्रीय समितिले जिल्ला कार्यसमितिमा सिफारिस पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा पठाउने व्यवस्था छ।

ad

लुम्बिनी प्रदेशका १२ जिल्ला कार्यसमितिमध्ये हालसम्म ७ जिल्लाबाट उम्मेदवार सिफारिस प्रदेश पार्टी कार्यालयमा आइसकेको लुम्बिनी प्रदेश सभापति अम्मर पुनले जानकारी दिए। उनका अनुसार बाँकी ५ जिल्लाबाट सिफारिस आउने क्रम जारी छ।

नेपाली कांग्रेसले मङ्सिर २६ गते साँझसम्म जिल्लाबाट प्रदेशमा सिफारिस पठाउनुपर्ने समयसीमा तोकेको भए पनि बर्दिया, नवलपरासी, गुल्मी, अर्घाखाँची र रुपन्देही जिल्लाबाट सिफारिस आउन बाँकी रहेको छ।

ती जिल्लामध्ये केहीमा क्षेत्रीय समितिबाट सिफारिस आए पनि जिल्ला कार्यसमितिले प्रदेशमा पठाउने प्रक्रिया पूरा गर्न बाँकी रहेको जनाइएको छ भने कतिपय जिल्लामा अझै निर्णय टुङ्गो लाग्न सकेको छैन। सभापति पुनका अनुसार अधिकांश स्थानमा क्षेत्रीय समितिले सिफारिस पठाइसकेका छन् तर जिल्लास्तरमा बुझ्ने र समन्वय गर्ने क्रममा केही ढिलाइ भएको हुनसक्छ।

लुम्बिनी प्रदेशका १२ जिल्लामा २६ प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन्। अर्घाखाँची, रोल्पा र रुकुम पूर्वी जिल्लामा एक/एक निर्वाचन क्षेत्र रहेका छन्। पार्टीको व्यवस्था अनुसार क्षेत्रबाट आएका सिफारिस जिल्ला हुँदै प्रदेशमा पठाइने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="