after_navbar

एमाले महाधिवेशन: बन्दसत्र सुरु


मङि्सर २, २०८२


काठमाडौँ,२८ मंसिर । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा सुरु भएको छ। बन्दसत्रको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्।

ad

अध्यक्ष ओलीले बन्दसत्रमा सचिवालयका पदाधिकारीहरू रहेको अध्यक्षमण्डल घोषणा गरेका छन्।

बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता तथा समसामयिक विषयहरू प्रस्तुत गरी छलफल गरिने जनाइएको छ।

महाधिवेशनको बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन र संगठनात्मक संरचनासम्बन्धी महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="