दाङ,२८ मंसिर । दाङको तुलसीपुरमा ट्यांकीमा डुबेर ३ वर्षीया बालिकाको मृत्यु भएको छ।
आज बिहान करिब ११ बजेतिर आफ्नै घरको छतमा राखिएको पानीको ट्यांकीमा डुबेर तुलसीपुर उपमहानगरपालिका-६ निवासी तिलक मिजारकी ३ वर्षीया छोरी रेजिना मिजारको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहका अनुसार बालिका खेल्ने क्रममा ट्यांकीमा लडेर डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस