काठमाडौँ ,२० पुस। हेटौँडामा ट्राफिक प्रहरीलाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ परेका छन् । प्रहरीले हेटौँडा उपमहानगरपालिका–५, गर्दैई निवासी ४६ वर्षीय बासुदेव आचार्यलाई पक्राउ गरेको हो।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडामा गत बिहीबार ट्राफिक प्रहरीले मादक पदार्थ सेवन ९मापसे० जाँच गरिरहेका बेला बा ६ च ८४०९ नम्बरको कार चालक आचार्यले जाँचबाट बच्न अचानक गाडीको सिसा बन्द गरी तीव्र गतिमा फरार हुने प्रयास गरेका थिए। सो क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरी विजय प्रताप शाहलाई ठक्कर दिँदा उनी करिब १० मिटर घिसारिएर घाइते भएका थिए। घटनास्थलबाट चालकले मापसे परीक्षणमा प्रयोग भइरहेको ब्रेथलाइजरसमेत लिएर फरार भएका थिए।
घटनापछि फरार रहेका चालक आचार्यलाई खोजतलासका क्रममा शुक्रबार चितवनको भरतपुरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको मकवानपुर प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।
पक्राउ परेका चालक र कारलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका ट्राफिक प्रहरी शाहको टाउकोमा १२ टाँका लगाइएको छ भने उनको अवस्था हाल सामान्य रहेको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस