काठमाडौं,२० पुस। निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पुस २५ गतेदेखि लागू हुने गरी ७७ जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत र नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतका रूपमा नियुक्त गरिएको हो।
विज्ञप्तिमा उल्लेख भएअनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले माघ २ गतेदेखि आफू खटिएको निर्वाचन क्षेत्रभित्र कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्य सञ्चालन गर्नेछन्।
सूची हेर्न तलको लिंक क्लिक गर्नुहोस्।
https://drive.google.com/file/d/1d9yMFkKjZvXbMAgGFwpRmzCGbUCFgAuU/view?usp=sharing
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस