काठमाडौं,२१ पुस। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थानहद फुकुवा गरिएको छ। जाँचबुझ आयोगका पदाधिकारीहरूको बैठकले ओलीमाथि लगाइएको स्थानहद हटाउने निर्णय गरेको हो।
आयोगका एक अधिकारीका अनुसार आइतबार ओलीले दिएको लिखित ‘स्टेटमेन्ट’ पछि स्थानहद फुकुवा गर्ने निर्णय गरिएको हो। आयोगले आवश्यक प्रक्रिया पूरा भएपछि उक्त निर्णय कार्यान्वयनमा ल्याएको जनाएको छ।
यससँगै ओलीमाथि लगाइएको स्थानहद औपचारिक रूपमा हटेको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस