काठमाडौँ,२६ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले आजका लागि तय गरिएका पदयात्रालगायतका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा वरिष्ठ पत्रकार होमराज दाहालको निधनप्रति शोक व्यक्त गर्दै विशेष महाधिवेशन पक्षले कार्यक्रम स्थगित गरेको हो।
जारी विज्ञप्तिमा भनिएको छ, “स्व. दाहालको सम्मानमा दोस्रो विशेष महाधिवेशन–२०८२ को सन्दर्भमा आज आयोजना हुने पदयात्रालगायत आजका निर्धारित सम्पूर्ण कार्यक्रमहरू स्थगित गरिएको छ।”

विशेष महाधिवेशनको औपचारिक उद्घाटन कार्यक्रम भने पुस २७ गते श्रद्धा र सम्मानका साथ सुरु हुने जनाइएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस