after_navbar

सार्वजनिक बिदामा पनि राजस्व कार्यालय खुला रहने


पुष २६, २०८२


दाङ,२६ पुस। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले सार्वजनिक बिदाका दिनहरूमा पनि सेवा प्रवाह गर्ने जनाएको छ ।

ad

नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गतको उक्त कार्यालयले पुस महिना राजस्व संकलन तथा आय विवरण दाखिलाका दृष्टिले महत्वपूर्ण भएकाले सार्वजनिक बिदा परेका दिनहरूमा समेत कार्यालय खुला राख्ने निर्णय गरेको हो ।

कार्यालयद्वारा जारी सूचनाअनुसार आज शनिबार र पुस २७ गते आइतबार सार्वजनिक बिदा भए पनि कार्यालय नियमित रूपमा सञ्चालन हुनेछ ।

करदाताको सुविधा र सेवामा सहजता प्रदान गर्न विदाको दिनहरूमा समेत राजस्व संकलनसम्बन्धी सम्पूर्ण कार्य गरिने कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए । उहाँका अनुसार राजस्व संकलन गर्ने बैंक काउन्टरहरू पनि खुला रहने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="