दाङ,२० फागुन । दाङमा मोटरसाइकल दुर्घटनामा परी एक युवकको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१९ थानगाउँका २२ वर्षीय दिपेन घर्ति मगर रहेका छन् । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २१ वर्षीय सोनु सुनार गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी रेशम बोहोराले जानकारी दिए ।
दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई राप्ती लाइफ केयर हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा रेफर गरिएको थियो । उपचारकै क्रममा चालक दिपेनको हिजो साँझ ५ बजेर २० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते सुनारको बाँया हात, ढाड तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । मंगलबार अपराह्न साढे ४ बजेतिर बिजौरीबाट हाडीमे तर्फ जाँदै गरेको रा.४ प.४४८१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई तुलसीपुर–१९ हाडीमे भित्री सडकखण्डमा दुर्घटनामा परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस