दाङ,२० फागुन । घोराहीमा भ्यान दुर्घटना हुँदा चालक दम्पती घाइते भएका छन् । घाइते हुनेमा घोराही उपमहानगरपालिका–५ बसन्तपुरका २१ वर्षीय प्रविन नेपाली र उनकी श्रीमती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चालकको अवस्था सामान्य रहेको छ भने उनकी श्रीमतीको निधार र बायाँ खुट्टामा चोट लागेको छ ।
प्रहरी प्रवक्ता डीएसपी रेशम बोहोराका अनुसार दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
मंगलबार पौने १२ बजेतिर सौडियारबाट घोराहीतर्फ जाँदै गरेको लु.प्र.०२–००१ च ०४५६ नम्बरको भ्यान घोराही–७ सौडियार स्कुल नजिक सिमेन्टको बिजुली पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस