दाङ,२८ फागुन । दाङको तुलसीपुरमा १६ वर्षीया इनिसा विक हत्याका दोषीमाथि कारबाहीको माग गर्दै बिहीबार विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।
तुलसीपुरस्थित ज्ञानज्योती माध्यमिक विद्यालय का विद्यार्थीहरूले बलात्कारपछि हत्या गरिएको भन्दै न्यायको माग गर्दै प्रदर्शन गरेका हुन्।
विद्यार्थीहरूले “बलात्कार र हत्याविरुद्ध कडा कानुन लागू गर”, “बालिकालाई सुरक्षित गरौँ”, “इनिसालाई न्याय दे”, “दोषीलाई कारबाही गर” जस्ता नारा लगाउँदै बजार परिक्रमा गरेका थिए।
सुर्खेतको उषा बालबाटिका विद्यालय मा कक्षा ११ मा अध्ययनरत विक गत शनिबार बिहान वीरेन्द्रनगरस्थित जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन्।
उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका
प्रतिक्रिया दिनुहोस