after_navbar

विमानस्थलबाट लागु औषधसहित अमेरिकी नागरिक पक्राउ


६ घण्टा अगाडि


काठमाडौ,५ वैशाख। प्रहरीले प्रतिबन्धित लागु औषधसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थलबाट भाङ र गाँजाको तेल जस्तो देखिने तरल पदार्थसहित नागरिक राहदानी नम्बर ए ८३४८८४८७ वाहक ४६ वर्षीय ओग्नियन पेट्रोभलाई पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई १.२५ लिटरका पाँच थान बोतलसहित पक्राउ गरिएको हो।

ad

विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार एअर इण्डियाको उडान नम्बर एआइ २१८ को उडानमार्फत काठमाडौंबाट दिल्ली जाने क्रममा उनीमाथि लगेज चेकिङका क्रममा शंका लागेपछि जाँच गर्दा उक्त पदार्थ फेला परेको हो।पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरोको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="