after_navbar

काँग्रेसले राष्ट्रिय सभामा सिटौलालाई हटाएर पन्तलाई राख्यो


२ घण्टा अगाडि


काठमाडौ,१६ वैशाख । नेपाली कांग्रेसले राष्ट्रिय सभा संसदीय दलको नेताबाट कृष्ण प्रसाद सिटौलालाई हटाएको छ। उनको स्थानमा कमला पन्तलाई नयाँ नेता मनोनित गरेको छ ।

ad

भीष्मराज आङदेम्बे नेतृत्वको संसदीय दलले उक्त निर्णय गरेको जनाएको छ। यसअघि शेर बहादुर देउवाले सिटौलालाई राष्ट्रिय सभा दलको नेता बनाएका थिए। पछिल्लो समय सिटौला पूर्णबहादुर खड्का समूहसँग नजिक देखिँदै आएका थिए भने पन्त गगन थापा समूहसँग आबद्ध मानिन्छिन्। यस निर्णयसँगै कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="