after_navbar

प्रतिष्ठानको जग्गामा बसेका सुकुम्बासीलाई घडेरी उपलब्ध गराइने


३ घण्टा अगाडि


दाङ,१६ वैशाख ।दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमण गरेर बसेका सुकुमवासीहरूको व्यवस्थापनका लागि पहल सुरु गरिएको छ। यसका लागि प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच बुधबार पूरक सम्झौता भएको छ।

ad

सम्झौताअनुसार कटुवा खोलासँगै रहेको प्रतिष्ठानको जग्गामा बसोबास गर्दै आएका करिब १५० घरधुरीमध्ये वास्तविक भूमिहीन सुकुमवासी पहिचान गरी उनीहरूलाई अम्बापुर जग्गा एकीकरण आयोजनाअन्तर्गत प्रत्येक घरधुरीलाई ५/५ धुरका दरले घडेरी उपलब्ध गराइनेछ।

यस्तै, उक्त स्थानमा बाटो, बिजुली र खानेपानीजस्ता आधारभूत सुविधा उपलब्ध गराउन घोराही उपमहानगरपालिका, प्रदेश तथा संघ सरकारसँग समन्वय गर्ने उल्लेख गरिएको छ।

सम्झौतापत्रमा प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल र समितिका अध्यक्ष बलिभद्र रानाले हस्ताक्षर गरेका छन्। यसअघि पनि समितिकै पहलमा नवलपुर क्षेत्रको जग्गा प्रतिष्ठान मातहत ल्याउने प्रक्रिया अघि बढाइएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="