after_navbar

दाङमा पहिलोपटक हार्टअट्याक उपचार सेवा सुरु


२ घण्टा अगाडि


दाङ,१८ वेशाख। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पहिलोपटक मुटुको एन्जियोप्लाष्टि सेवा सुरु भएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सूर्य देवकोटाको नेतृत्वमा डा. दिनेश उप्रेतीसहितको टोलीले शुक्रबार दुई बिरामीको सफल एन्जियोप्लाष्टि गरेको हो।

ad

जिल्लामै पहिलोपटक सुरु गरिएको यस सेवाले अब हृदयघात ९हार्टअट्याक० भएका बिरामीलाई बाहिर जानु नपरी दाङमै उपचार सम्भव हुने डा. देवकोटाले बताए।

यसअघि मुटुको उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेकोमा अब सहज हुने प्रतिष्ठानका निमित्त उपकुलपति प्रा. श्याम लम्सालले जानकारी दिए। सेवा सञ्चालनका लागि करिब १० करोड रुपैयाँ बराबरका उपकरण तयारी गरिएको छ।

यसअघि प्रतिष्ठानले एन्जियोग्राफी ९निदानात्मक सेवा० सुरु गरेको थियो भने अहिले एन्जियोप्लाष्टि ९उपचारात्मक सेवा० सुरु गरिएको हो।

निमित्त निर्देशक जनार्दन पन्थीका अनुसार अब दाङ बाहिरका बिरामीले पनि यहाँ सेवा लिन सक्नेछन्। साथै, विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाइएको छ।

यसैबीच, रोल्पा थवाङ गाउँपालिका–५ की ७५ वर्षीया धनजिता विक र तुलसीपुर–९ का ७५ वर्षीय गंगाधर कडेलको सफल एन्जियोप्लाष्टि गरिएको छ। दुवै जनामा मुटुको समस्या पहिचान भएपछि उपचार गरिएको हो।प्रतिष्ठा नका अनुसार अब नियमित रूपमा एन्जियोप्लाष्टि सेवा सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="