काठमाडौ,२१ वैशाख । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा आज बिहानैदेखि निरन्तर वर्षा भइरहेको छ। बिहान करिब ५ बजेदेखि सुरु भएको पानी अझै जारी रहेको छ भने कतिपय ठाउँमा हावाहुरीसमेत चलेको छ।
निरन्तर वर्षाका कारण खेतबारीमा पानी जम्न थालेको छ भने मौसममा चिसोपन पनि बढेको स्थानीयले महसुस गरेका छन्। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ। हाल प्रदेशभरि पूर्ण रूपमा बदली लागेको अवस्था रहेको छ।
महाशाखाका अनुसार कोशी, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्र तथा देशका हिमाली भू–भागमा पनि बदली रहेको छ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।
हाल देशभर पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भाग नजिक बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसमविद्ले बताएका छन्। साथै दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाले पनि मौसम प्रभावित भएको जनाइएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस