दाङ,२४ वैशाख। थारु पत्रकार संघ दाङमा नयाँ नेतृत्व चयन भएकाे छ । बिहिवार छैठौं जिल्ला अधिवेशनबाट निता चाैधरीकाे नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हाे ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयन्ती चौधरी, उपाध्यक्षमा शिवहरि चौधरी, सचिवमा श्री चौधरी, सहसचिवमा सुरक्षा चौधरी तथा कोषाध्यक्षमा केवि चौधरी चयन भएका छन्।
यसैगरी, सदस्यहरूमा निशा चौधरी, विष्णु कुसुमलगायत चयन भएका छन् भने एक जना सदस्य पछि थप गरिने गरी कार्यसमिति गठन जनाएको छ।
तुलसीपुरमा सम्पन्न अधिवेशन जिल्ला अध्यक्ष नविन चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा पत्रकारिता क्षेत्रको सुदृढीकरण, पेशागत अधिकार तथा समावेशी प्रतिनिधित्वका विषयमा पनि छलफल गरिएको थियो।
प्रतिक्रिया दिनुहोस