संसद अधिवेशन सुरु भएकै दिन नीति तथा कार्यक्रम प्रस्तुत गरिने
बैशाख २७, २०८३
काठमाडौ,२७ वैशाख। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद अधिवेशन सुरु भएकै दिन प्रस्तुत गर्ने तयारी गरेको छ ।
संघीय संसदको बजेट अधिवेशन २८ वैशाखबाट सुरु हुने तय भएको छ । अधिवेशन आरम्भ भएकै दिन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिने जनाइएको छ ।
यसअघि २५ वैशाखमा सरकारले संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न रामचन्द्र पौडेललाई आग्रह गर्ने निर्णय गरेको छ ।
सरकारको आग्रहअनुसार राष्ट्रपति कार्यालयले संयुक्त बैठकलाई सम्बोधनका लागि आवश्यक तयारी भइरहेको जनाएको छ ।
आगामी आर्थिक वर्षको बजेट अघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संवैधानिक व्यवस्था अनुसार यो प्रक्रिया अगाडि बढाइएको हो ।
प्रतिक्रिया दिनुहोस