after_navbar

वर्तमान सरकारमा पपुलिज्म र अराजकता हाबी छः महासचिव पोख्रेल


जेठ ०७, २०८३


दाङ,७ जेठ । नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का महासचिव शंकर पोख्रेलले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै पपुलिज्म र अराजकतावाद हाबी हुँदै गएको बताएका छन्।

नेपाल प्रेस चौतारी दाङले तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लामो संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिहरूलाई कमजोर बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गरे। उउनले विचार, सिद्धान्त र अनुभवभन्दा लोकप्रियता केन्द्रित राजनीति हाबी हुँदा समग्र राजनीतिक प्रणाली नै प्रभावित भएको बताएका छन्।

उनले जनताले नयाँ शक्तिबाट राम्रो शासनको अपेक्षा गरे पनि कार्यशैलीले निराशा बढाएको दाबी गरे। “जनताको अपेक्षा अनुसार परिणाम देखिन सकेन, उनले भने– त्यसैले अहिले असन्तुष्टि बढ्दै गएको छ। ”

सरकार सञ्चालन गरिरहेको शक्तिको कामकारबाहीसमेत आलोचनाको घेरामा परेको उनले बताए। भूमिहीन सुकुम्बासीको विषयमा बोल्दै उनले राज्यले अमानवीय व्यवहार गरेको आरोप लगाए। गरिबहरूले निर्माण गरेका घरटहरामा डोजर चलाउने क्रम बढ्दै गएको भन्दै उनले यसलाई “डोजर आतंक” को संज्ञा दिए।

एमाले नेतृत्वको सरकारका बेला सुकुम्बासी समस्या समाधानका लागि कानुन निर्माण गरिएको स्मरण गराउँदै उनले त्यसको कार्यान्वयन विपरीत भइरहेको बताए। “कानुनले संरक्षण गर्ने भनेको अवस्थामा त्यसको उल्टो काम हुनु गम्भीर विषय हो,” उनले भने।

यसैबीच, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी को पार्टी भूमिकाबारे सोधिएको प्रश्नमा उनले अभिभावकको भूमिकामा पुगेको व्यक्ति त्यही भूमिकामा रहनु उपयुक्त हुने धारणा व्यक्त गरे। तर, पार्टी गतिविधिमा संलग्न भइसकेपछि रोक्न नसकिने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

data-href="