after_navbar

मन्त्री परिषदले गरेका चार निर्णय


२ घण्टा अगाडि


काठमाडौ,११ जेठ ।सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकपछि निर्णयहरू सार्वजनिक गर्दै नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार बैठकले नेपाल–चीन जोड्ने चिलिमे–केरुङ विद्युत् प्रशारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रत्युत्तर पत्र (लेटर अफ रिप्लाई) स्वीकृत गर्ने निर्णय गरेको छ।

त्यसैगरी आर्थिक वर्ष २०८३/०८४ का लागि वर्षे धानबालीको न्यूनतम समर्थन मूल्य मोटो धान प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धान ३ हजार ८६० रुपैयाँ तोक्ने निर्णय गरिएको छ।
बैठकले सहकारीमा देखिएको बेथिति सम्बन्धी जाँचबुझ आयोग–२०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णयसमेत गरेको मन्त्री पोखरेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="