after_navbar

तुलसीपुरमा महिलाको शव फेला


३ घण्टा अगाडि


दाङ, १२ जेठ । दाङको तुलसीपुर एक महिला मृत अवस्थामा फेला परेकी छन् । तुलसीपुर उपमहानगरपालिका – १० गोलौरी बस्ने अन्दाजी ५९ वर्षीया जगनी चौधरी मृत अवस्थामा फेला परेकी हुन् ।

सोमबार साँझ करिब पौने ७ बजे घरदेखि करिब १०० मिटर टाढा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

घटना शंकास्पद देखिएपछि नेपालगञ्जबाट तालिमप्राप्त कुकुरसहितको टोली झिकाएर अनुसन्धान अघि बढाइएको छ। रातभर घटनास्थलमा सुरक्षा परिचालन गरिएको थियो।

मंगलबार बिहान एसपी दीपक श्रेष्ठसहितको टोली घटनास्थल पुगेको थियो। आवश्यक प्रक्रिया पूरा गरी बिहान करिब सवा १० बजे शव उठाइएको प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="