after_navbar

एमाले लुम्बिनीमा प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने


जेठ २५, २०८३


दाङ,२५जेठ । नेकपा एमाले लुम्बिनी प्रदेश सभाको प्रमुख सचेतकमा रोल्पाकी यमुना रोका मगर र सचेतकमा कपिलवस्तुका नवराज लामिछाने नियुक्त भएका छन्।

मुख्यमन्त्री चेतनारायण आचार्यले एमाले संसदीय दलको विधानअनुसार दुवै जनालाई २०८३ जेठ २५ गतेदेखि लागू हुने गरी नियुक्त गरेका हुन्।

यसअघि प्रमुख सचेतक रहेका रुपन्देहीका तुलसीप्रसाद चौधरी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री बनेपछि उक्त पद रिक्त भएको थियो।

त्यस्तै, सचेतक रहेकी रोका मगर प्रमुख सचेतकमा बढुवा भएपछि खाली भएको सचेतक पदमा लामिछानेलाई नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस

data-href="