after_navbar

२४ बंगलादेशी नागरिक पक्राउ


असार १०, २०८३


काठमाडौ,१० असार । विभिन्न समयमा नेपाल प्रवेश गरी आवश्यक कागजातबिना तथा म्याद सकिएको पर्यटक भिसामा गैरकानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौँका डल्लु र सितापाइला क्षेत्रका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूसँग स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नभएको वा भिसा म्याद सकिएको पाइएको छ।

हाल उनीहरूलाई आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालीकास्थान पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="