दाङ, १० असार । रोल्पामा बेवारिसे अवस्थामा लुकाई–छिपाई राखिएका दुई वटा भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बुधबार दिउँसो करिब ४ बजे सुनिलस्मृति गाउँपालिका–६ गरगरेस्थित सल्लेरी पाखा सामुदायिक वन क्षेत्रमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार वनभित्र चिलाउनेको रुखको जरामा काठ र फलामबाट बनेका, सिलिङ जोडिएका एक/एक नाल भएका दुई वटा भरुवा बन्दुक बेवारिसे अवस्थामा लुकाई राखिएको अवस्थामा भेटिएका हुन्।
बरामद बन्दुकहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी मुचुल्का तयार पारेर थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रोल्पामा पठाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस