after_navbar

गैरसरकारी संस्था महासंघको जिल्ला सचिवमा भण्डारी


४ घण्टा अगाडि


दाङ, १२ असार । गैरसरकारी संस्था महासंघ नेपाल, दाङ शाखाले नयाँ नेतृत्व चयन गरेको छ। महासंघको आठौँ जिल्ला अधिवेशनबाट गणेश भण्डारी सचिव पदमा सर्वसम्मत रूपमा निर्वाचित भएका छन् ।

घोराहीमा सम्पन्न अधिवेशनले राप्ती परोपकार संघ, नेपालका कार्यक्रम संयोजकका रूपमा सक्रिय भण्डारीलाई सचिवको जिम्मेवारी सुम्पिएको हो।
नवनिर्वाचित कार्यसमितिले संस्थालाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ।

अधिवेशनबाट अध्यक्षमा खुशलराम शर्मा चयन भएका छन् भने उपाध्यक्षमा देबका खनाल चयन भएका छन्। त्यस्तै सहसचिवमा मुना बिक र कोषाध्यक्षमा राममोती चौधरी चयन भएका छन्।

सदस्यहरूमा छवि परियार, कृष्ण चौधरी, नारायणप्रसाद रेग्मी, दिलिप कार्की र भागिराम चौधरी रहेका छन्। साथै कल्पना चौधरी पदेन सदस्यको रूपमा समावेश भएकी छन्।

नवगठित कार्यसमितिले जिल्लामा गैरसरकारी संस्थाहरूबीच समन्वय, सहकार्य र प्रभावकारी कार्यक्रम सञ्चालनमा जोड दिने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="