after_navbar

जीप दुर्घटना हुँदा आठ जना घाइते


३ घण्टा अगाडि


रुकुम पश्चिम ,१३ असार । जीप दुर्घटना हुँदा आठजना घाइते भएका छन् । राप्ती राजमार्गअन्तर्गत त्रिवेणी गाउँपालिका–६ डाँगीमोडमा जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका हुन् ।

शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ जाँदै गरेको लु २ ख ४९८० नम्बरको फोर्स जीप अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएकाहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिएका छन्।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="