after_navbar

आजपनि अत्यधिक गर्मी


असार १३, २०८३


दाङ,१३ असार। दाङसहित पश्चिम नेपालका विभिन्न क्षेत्रमा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढ्दै गएको छ । जसका कारण जनजीवन प्रभावित बनेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्लाहरूमा आज पनि तातो हावा चल्ने सम्भावना रहेको छ। त्यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तापक्रम बढेर तातो दिन रहने पूर्वानुमान गरिएको छ।

गर्मी बढेसँगै विद्यालयमा बालबालिकाको पठनपाठन प्रभावित बनेको छ भने दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरू सबैभन्दा बढी मारमा परेका छन्।

असारको मध्यसाता नजिकिँदै जाँदा पनि पर्याप्त वर्षा नहुँदा किसानहरू चिन्तित बनेका छन्। खेतबारीमा लगाइएका बाली सुक्न थालेका छन् भने पानीका मुहानहरू पनि सुक्दै गएका छन्। दाङमा अधिकतम तापक्रम ३७ डिग्री सेल्सियससम्म पुगेको छ । जसले गर्मीको प्रभाव अझ बढाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="