after_navbar

दाइको हत्या गरी नहरमा फाल्ने भाइ पक्राउ


३ घण्टा अगाडि


बाँके, १५ असार । आफ्नै सहोदर दाइको हत्या गरी नहरमा फाल्ने एक युवक पक्राउ परेका छन्। बाँके जिल्लाको कोहलपुर नगरपालिका–४ गोहवामा आइतबार साँझ करिब ७ बजे २० वर्षीय बिनोद चौधरीले अन्दाजी २६ वर्षीय आफ्नै सहोदर दाइ मनोज चौधरीलाई कुटपिट गरी हत्या गरेका थिए। हत्या पश्चात् उनले शव नजिकैको नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनापछि फरार रहेका बिनोदलाई आज बिहान करिब ६ः३० बजे भारततर्फ भाग्दै गरेको अवस्थामा कोहलपुर नगरपालिका-१५ चन्हवाबाट प्रहरीले पक्राउ गरेको हो।

मृतक मनोज चौधरीको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="