after_navbar

सुनचाँदीको मूल्य घट्यो


३ घण्टा अगाडि


काठमाडौ १५ असार। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन भने सुनको मूल्य तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको थियो। पछिल्ला दिनमा मूल्यमा उतारचढाव देखिँदै आएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँले घटेर ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="